गाँजा माथीको अन्याय र अत्याचार
गाँजा कानुनी हुन नेपालमा किन जरुरी छ ? गाँजाले नेपाललाई आर्थिक रुपमा के कसरी सहयोग पुर्याउन सक्छ ?
वास्तवमा भनौ भने बिगत केहि दशकमा गाँजा माथी धेरै अत्याचार भएको छ हाम्रो देशमा । तर यो गाँजा के हो ? के हामीले गाँजालाई साचिकै बुझेर घृणा गरिरहेका छौ जब कि बास्तविकता अर्कै हो । क्यानबिस सतिबा जुन एकप्रकारको बनस्पति हो । जसको सुकेकोको फुलबाट Marijuana बन्ने गर्दछ जसलाई सामान्य नेपाली भाषामा गाँजा भन्ने गरिन्छ । यसको अंकुरलाइ हातमा रगडेर चरस बनाउने पनि गरिन्छ र यसै बिरुवाको अर्को प्रजाती पनि हुने गर्छ जसलाइ हेम्प भनिन्छ । त्यसै हेम्पको पत्ता र गेडाबाट भाङ बन्ने गर्छ । गाँजाको महत्व कति छ त्यो अथर्व देवामा समेत बर्णण गरिएको पाइन्छ । अथर्ब बेदा (११, ६, १५) मा भनिएको छ यस धर्तीमा ५ पबित्र बनस्पति मध्य गाँजापनि एक हो । हाम्रो महाग्रन्थमा पनि यसमा सम्मान दिइएको छ । बेदले यो पनि भन्छ कि गाँजा खुसीको स्रोत हो । यति महत्व र मान्यता हुदा हुदै किन हाम्रो देशमा यो गैर कानुनी छ । केही दशक अघि सन १९७३ मा अमेरिकाको दबावमा आएर गाँजालाई सिन्थेटिक ड्रगको क्याटेगोरीमा राखियो । जबकी यो कहिले सिन्थेटिक लागू औषध हुँदै होइन । यसलाई हिरोइन र कोकेनको क्याटेगोरीमा राख्नु नै यो माथी कति घोर अन्याय भएको भनेर अनुमान गर्न सकिन्छ । यो सबै अमेरिकाको चलखेलमा भएको थियो । अरु देशमा गाँजामा प्रतिबन्ध लगाई आफ्नो देशबाट अरबौ खरबौको गाँजा उब्जाएर निर्यात गर्ने अमेरिकाको चलाखी थियो । गाँजालाई प्रतिबन्ध गर्न कसले भन्यो ? अमेरिकाले, दबाब कसले दियो ? अमेरिकाले । नेपालमा अझै नि यो प्रतिबन्धित नै छ । तर अमेरिकामा यो ३८ राज्यमा अझै कानुनी छ । गाँजालाई आयुर्बेदमा समेत सबै भन्दा उच्च स्तरमा राखिन्छ । यसलाई आयुर्वेदिक दवाईमा penicilin दर्जा पनि दिइएको छ । अचम्मको कुरा के छ भने जुन जुन देशमा गाँजा कानुनी रहेको छ त्यसको देशको happiness index नेपाल भन्दा धेरै माथी रहेको छ । गाँजाको फाइदा यति धेरै हुदा हुँदै पनि प्रतिबन्ध छ र चुरोट रक्सी जस्ता सुर्तिजन्य पदार्थ यति हानकारक र घातक हुदा हुँदै पनि किन कानुनी छ त ? गाँजामाथीको यो सबै प्रोपागाण्डा अमेरिकन फार्मासिउटिकल र टोबाको अर्थात सुर्तिजन्य कम्पनीले चलाएको हो । फार्मासिउटिकल कम्पनीहरुले यहि गाँजाबाट धेरै थरिको दबाई बनाएर हामीलाई महङ्गो दाममा बेच्छन । अब यसमा प्रतिबन्ध हटाएपछी उनिहरुको धन्दा चौपट हुने निश्चिति छ । किनकी वासिङ्टन पोस्टको रिपोर्टमा गाँजा कानुनी छ त्यहा पहिलेबाट पेनकिलर उपभोग गर्ने मानिसहरुमा कमि आएको छ । त्यसैगरि तिनि राज्यहरुमा नि अल्कोहोल उपभोग गर्ने मानिसमा नि १०% कमि आएको पाइन्छ । अर्थात गाँजाले दबाई कम्पनी र सुर्तीजन्य कम्पनीलाई ठूलो मर्कामा पार्नेछ यदि कानुनी भयो भने र गाँजालाई स्वास्थ्यको लागि नराम्रो छ भन्ने अर्को संस्था NGO र INGO पनि रहेका छन । तर यिनै संस्थालाई चलाउनको लागि करोडौ फन्डिङ्ग कसले दिन्छ ? तिनै फार्मासिउटिकल कम्पनीले नै । ताकी गाँजालाई लिएर उनिहरुले सर्बसाधारणमा एउटा नकारात्मक बिचार निर्माण गरुन । तर यो सबै यति गोपनिय तरिकाबाट भएको हुन्छ कि यति रिसर्च गर्दा पनि उनिहरुको नाम लिन गाह्रो हुन्छ । जहाँ सम्म स्वास्थ्यमा गाँजाको असरको कुरा गरिन्छ मानीस अझै यसलाई लिएर भ्रममा रहेको पाइन्छ । हदमा रहेर गाँजा सेवन गर्ने हो भने करिब ३०-४० रोगसम्म लड्न सक्ने immunity बुस्ट गर्न सकिन्छ । नेस्नल क्यान्सर ईन्स्टिच्युट अफ अमेरिकाको रिसर्चबाट गाँजाले क्यान्सर रोक्ने मात्र होइन निको समेत पार्ने भन्ने तथ्य देखाएको छ भने गाँजाको धुवामा रहेको न्युट्रिसनले मानिसको फोक्सोमा नोक्सान नगरी उल्टो फाइदा पुर्याउने गर्ने गर्छ । मधुमेह, रक्तचाप, ग्यास्ट्रिक, डिप्रेसन, टाउको दुखाइ, डिप्रेसन, भोक नलाग्ने आदि जस्ता रोगहरुको लागि गाँजा अमृत सरह नै मानीने गर्छ । हो केही कुरा धेरै सेवन गर्नाले अवस्य हानी पुर्याउने नै गर्छ । पानी हद भन्दा धेरै पिइयो भने किड्नी फेल हुन सक्छ, चिनी बढी खायो भने मधुमेह र तेल बढी खायो भने कोलेस्ट्रोल । त्यसै गरि हरेक कुराको हद हुने गर्छ र गाँजा पनि त्यस्तै नै हो । अब पानी बढी पिएर किड्नी फेल हुन्छ भन्ने डरले पानी नै नखाइने होइन नि । केही हद तोक्नु पर्दछ । स्वास्थ्यको नै कुरा गर्दा चुरोट र रक्सी कैयौं गुणा बढी खतरनाक छ स्वास्थ्यको लागि गाँजाको तुलनामा र यो कुनै सानो भिन्नता होइन । अझै छिमेकी देशको कुरा गरौ भने भारतमा हरेक ९६ मिनेटमा एकजना रक्सीको सेवनले मर्ने गर्दछ । अचम्मको कुरा के हो भने बिश्वमा अहिले सम्म गाँजा सेवनले एकजना ब्यक्तिको मृत्यु भएको पाइएको छैन । यदि त्यतिबेला नै गाँजामा प्रतिबन्ध नलागेको भए यसको सदुपयोग पनि हुन्थ्यो र सरकारलाई कर पनि मिल्ने थियो । धेरैलाई लाग्ला कि गाँजा कानुनी भए भने यसको उपयोग कागजमा बेरेर तान्ने मात्र हो तर यसको स्वास्थ्य र मेडिकल लाभ धेरै छन । अमेरिकाले यसको खेती गर्नुको विभिन्न कारण छ । यसको अर्को प्रजाती हेम्पबाट विभिन्न कुराहरु बनाउन सकिन्छ जस्तै खाद्य पुरक, ब्याग, कपडा आदि धेरै बस्तु । जुन कुराले अमेरिकाको अर्थतन्त्रलाई माथी लैजादै छ । अरु भन्दा पनि हाम्रै गाउँ समाजको कुरा गर्ने हो भने गाँजालाई नकारात्मक रुपमा लिइएको पाइन्छ । अमेरिकाका धेरै राज्य तथा क्यानडा, ओसियाना र थाइल्यान्ड जस्ता राष्ट्रले गाँजा खेतीलाई बैधानिकता दिइसकेको छ तर त्यसको ठिक बिपरित भने हामी भने नेपालको विभिन्न जिल्लामा उब्जाएको गाँजालाई नष्ट गर्दै छौ र कतिको आयआर्जनमा रोक लगाई गाँजा बापत समातिएकालाई जेल जीवन बिताउनु परेको छ । अन्तराष्ट्रिय सन्धी अनुसार नेपालमा उब्जाएका गाँजा नष्ट गरि सिंहदरबार बैद्यखानाले बाहिरी देशबाट किनेर ल्याउने गर्छ । कुनै सेमिनार, बिबाह वा फ्यामिली गेट टुगेदरमा बाउ आमा छोरा छोरी र अन्य परिवार मिलि रक्सी चियर्स गर्दै खादा ओहो कस्तो उच्च बर्गको परिवार हो भन्ने एउटा मानसिकता रहेको पाइन्छ तर एउटा गाउँमा फलानोको छोराले गाँजा तान्छ रे भन्ने हल्ला फैलिए पनि त्यो केटा बिग्रियो अब काम लाग्दैन, ट्यापे लोफर को दर्जा दिईन थालिन्छ । जब कि गाँजा भन्दा रक्सी कयौ गुना घातक रहेको हुन्छ । साधारण उदाहरणबाट भ्रमित नकारात्मक मानसिकताले गाँजा माथी कति अत्याचार भईरहेको छ थाहा पाउन सकिन्छ । नेपालमा ६०% भन्दा बढी मानिस कृषिमा संलग्न रहेको पाइन्छ । सहि रुपमा र स्रोत उपलब्ध गराएर यस तर्फ आकर्षित गरियो भने पनि गाँजाको खेतीले धेरै किसानको आय स्तर बढाइ गरिबी स्तरबाट माथी उकाल्न सकिन्छ । अबको पुस्ताको नारानै गाँँजामा बैधानिकता हाम्रो प्रतिबद्धता हुनुपर्छ ।
Comments
Post a Comment